Last modified on 6 जुलाई 2020, at 10:56

आँगन भरि ओइलाएका फूलहरू छन् माली छैन / रवि प्राञ्जल

आँगन भरि ओइलाएका फूलहरू छन् माली छैन ।
अग्लाअग्ला पात झरेका रुखहरू छन् डाली छैन l

घाम झुल्केर के भो र ! सङ्घार अझै अँध्यारै छ,
लाखौँ झुपडीमा अझै रातहरु छन् लाली छैन l

कायरहरूको बस्तीमा बास खोज्नु व्यर्थ भयो,
बस्तीबस्ती थुप्रै जिउँदा लाशहरू छन् खाली छैन l

पसिनाका बूँदहरूमा पीपै पीपको गन्ध चल्यो,
बाँझो खेत र अशक्त यी हातहरू छन् कोदाली छैन ।