भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आएको अघि तैँसित हुँ / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:32, 29 जून 2019 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

सङ्गीतले छोडेको एउटा अधुरो गीत हुँ
कैयन् आँखाहरूमा अल्झी झरेको प्रीत हुँ
 
बाँच्दैछु वर्तमान, निफन्दै सपना भोलिको
छुईनँ तर बिर्सेको, म कसैको अतीत हुँ
 
फूल हौ तिमी सुहाउँछ, हाँसे पनि रोए पनि
मलाई त हाँस्न नभन, म त सधैँको शीत हुँ
 
कहाँ के भो के चासो, बाँच्दछु म आफैँसँग
हार हुँ आफैँ आफ्नो, म आफ्नो आफैँ जीत हुँ
 
काडाँ हो माया भन्छन्‌ मलाई यो फूल लाग्छ
झुठो बोल्दैछन्‌ सबै, या म चाहिँ भ्रमित हुँ ?
 
फूल हो माया भन्छन्‌ मलाई यही काँडा भो
अरु सबै गलत हुन्‌, या म मात्र श्रापित हुँ ?
 
लौ उठा मलाई तैँ सुमन ! मातियो यहाँ धेरै नै
अझै त छ, केही त होश, आएको अघि तैँसित हुँ