भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आकाशमा एक्लो तारा / ईश्वरवल्लभ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:23, 28 दिसम्बर 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

आकाशमा एक्लो तारा कहिले कतै देख्ने गरे
मेरो माया सम्झिनु है !, कहिले काहीँ तिमीले पनि

तिमीलाई पनि सम्झूँला म, कतै एक्लै भए पनि
लेखिजाउँला एउटा गीत, कतै टाढा गए पनि
जिन्दगीका घाउहरू, कहिले कतै दुख्ने गरे
मेरो माया सम्झिनु है !, कहिले काहीँ तिमीले पनि

एउटा फूल राखूँला म, सबै फूल झरे पनि
उनिदिऊँला माला एउटा, जीवनसँगै गए पनि
निँदभित्र सपनाहरू, कहिले कतै आउने गरे
मेरो माया सम्झिनु है !, कहिले काहीँ तिमीले पनि