भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आग्रह / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मेरो ढोका तिम्रा लागि खुल्लै हुनेछ
दुःख पर्दा, आँसु झर्दा सम्झी आउनू है !

आफ्नो भन्छन् सामुन्नेमा सबले मेरै भन्छन्
दुई कदम हिँडी पाइला मोड्ने धेरै हुन्छन्
रुनुपर्दा आफ्नै मान्छे आफ्नो हुँदैन
यस्तो बेला सँधै मलाई आफुनो ठान्नू है !

आज यहाँ भोलि कहाँ जिन्दगीको खोला
तकदिरमा रै’छ भने फेरि भेट होला
जत्ति टाढा भए पनि माया नमार्नू
जहाँ हुँला सम्झिरहुँला चिठी लेख्नू है !