Last modified on 5 मई 2017, at 09:09

आज नतमस्तक भएको छु / धुस्वाँ साय्‌मी

आज
नतमस्तक भएको छु
आफ्नै अगाडि

निकै वर्षदेखि सुतेको
मेरो ‘म’
ब्युँझेको छ आज फेरि
किनभने
आज मैले चोरढोकाबाट हैन
भित्रिएर सदर ढोकाबाट
सब थोक भनिदिएँ