Last modified on 19 मई 2020, at 13:56

आज बिहान झिसमिसेमा तिमीलाई डाकेँ / मञ्जुल

मुस्कान

आज बिहान झिसमिसेमा तिमीलाई डाकेँ
सम्झ भनी तिम्रो वाचा सिरानीमै राखेँ
 
मनका कुरा भन्छु भन्थ्यौ सधैँ भेट्दाखेरी
तिम्रा कुरा तिमीसँगै हुन्थे छुट्दाखेरी
दुःख सारा बिसाऊ भनी एकान्तमा डाकेँ
सम्झ भनी तिम्रो वाचा सिरानीमै राखेँ
 
नअटाउलान् सारा कुरा सानो पानाभित्र
पाखै ढाक्ने कुहिरोमाथि लेख मनका चित्र
भ्याई'नभ्याई नहोस् भनी सखारैमा डाकेँ
सम्झ भनी तिम्रो वाचा सिरानीमै राखेँ