भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आन्ना स्विरषिन्स्का / परिचय

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

अन्ना स्विर - परिचय

नेपालीमा

अन्ना स्विरको जन्म ७ फेब्रुवरी सन् १९०९ मा पोल्यान्डको वार्सामा भएको थियो।उनको पूरा नाम अन्ना स्विर्स्ज्यानस्का थियो।उनी कलामा समर्पित तर सामान्य आर्थिक अवस्थाको परिवारमा जन्मी हुर्किएकी थिइन्‌। स्विरले सानै उमेरदेखि जीविकोपार्जनका लागि विभिन्न जागिर खान शुरू गरिन्‌।उनले काम गर्दै पोलिस साहित्य अध्ययनका लागि विश्वविद्यालयमा भर्ना लिइन्‌।तीसको दशकमा उनले शिक्षक सङ्गठनमा सम्पादकको रूपमा काम गरिन्‌ र आफ्ना कविताहरू पनि प्रकाशित गराउन थालिन्‌।

अन्ना स्विर दोस्रो विश्वयुद्धमा नाजी सेनाले पोल्यान्ड कब्जा गर्दाताका प्रतिरोधमा संलग्न भइन्‌ र वार्सा विद्रोहका बेला सैनिक नर्स भएर काम गरिन्‌।त्यस बीचमा एकपल्ट उनी एक घन्टासम्म घोषित मृत्युदण्डको पालो पर्खेर बसिन्‌, तर पछि त्यसै छाडिइन्‌।

स्विरका कवितामा युद्धलाई प्रत्यक्ष अनुभव गर्दाका भोगाइहरू तथा जीवनदर्शनका गहन पक्षहरू जति पाइन्छन्, नारी शरीर र यौनका बारेमा शिष्ट ढङ्गले गरिएका कलात्मक अभिव्यक्तिहरू पनि उत्तिकै खुलस्तरूपमा भेटिन्छन्‌।

अन्ना स्विरले कविताबाहेक नाटक तथा बालकथाहरू पनि प्रसस्त लेखिन्‌ र बालनाटकहरूको निर्देशन पनि गरिन्‌।नाटक तथा बालकथा र अन्य पुस्तकबाहेक उनका पोलिस भाषामा 'छ्यर्ने स्वोभा' (काला शब्दहरू), 'रियात्र' (बतास), 'यस्तेम बाबा' (म नारी हुँ) लगायतका नौ वटा कवितासङ्ग्रह प्रकाशित रहेका छन्‌। उनका अङ्ग्रेजीमा अनुदित कविताहरू विभिन्न सङ्ग्रहका रूपमा प्रकाशित छन्‌।'बिल्डिङ द ब्यारिकेड', ह्याप्पी एज अ डग्‌ज टेल', 'फ्याट लाइक द सन', र 'टकिङ् टु माई बडी' कवि तथा अनुवादकद्वय चेसलफ्‌ मीओस तथा लेनाड नथनको अङ्ग्रेजी अनुवादमा प्रकाशित छन्‌।

अन्ना स्विरको सन्‌ १९८४ मा क्यान्सरका कारण पोल्यान्डको क्राकाउमा निधन भयो।