Last modified on 25 जुलाई 2017, at 10:02

आफ्नै बैरी मन / रमेश क्षितिज


बिर्सिजानेकै माया झन् हुँदोरहेछ
चोट दिनेलाई खोज्दै मन रुँदोरहेछ

छाडी गए’नि रिसाई गाली गरे’ नि
मायालु त मायालु हो माया मारे’ नि
माया मार्नेकै माया झन् लाग्दोरहेछ
मन भाँच्नेकै मनले खुसी माग्दोरहेछ

चिठ्ठी च्याते नि कहिले चिनो फोडे नि
सम्झना त साथै उसको शहर छोडे नि
टाढा जानेकै रूप नजिक घुम्दोरहेछ
रुवाउनेकै तस्वीर मनले चुम्दोरहेछ !