Last modified on 16 जुलाई 2017, at 09:19

आफ्नो घर बालेर आफैँ ताप्नु / राजेश्वर रेग्मी


आफ्नो घर बालेर आफैँ ताप्नु हुँदैन भाइ
झूटो खबर अखबारमा छाप्नु हुँदैन भाइ

के पाएँ भनी नसोच, बरु तिमीले के दियौ
माटोलाई कहिल्यै पनि सराप्नु हुँदैन भाइ

कहिलेकाहीँ आइपर्दा– दुःखहरु एकनास
मनको डेरामा थुनेर राख्नु हुँदैन भाइ

खहरेले बगायो भनी चित्त दुखाउनु व्यर्थ छ
कसैलाई कम÷ बेशी आँक्नु हुँदैन भाइ

सहन सक्तैनौ भने ‘मलाई पुग्यो’ भनीदिनू
एक पछि अर्को चोट खाप्नु हुँदैन भाइ