भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आमा / राधेश्याम लेकाली

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:51, 24 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= राधेश्याम लेकाली |अनुवादक= |संग्...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

यो विस्मृतिको चट्टाने पानाहरू पल्टाएर
आमा ! तिमीलाई भिष्म पितामहको मनले सम्झिरहेछु
सयौँ ताराहरूमा तिमीलाई चम्केको देखिरहेछु
स्वच्छ बहने हावामा तिमीलाई महसुस गरिरहेछु
सूर्यको उज्यालो र न्यानोमा तिमीलाई नै छामिरहेछु
आमा ! तिमी आदारका साथ मनभित्र सजिएकी छौ
आमा ! तिमी श्रद्धाका साथ आस्थाभित्र सजिएकी छौ ।

यो विस्मृतिको बादलहरूका थुप्रो हटाएर
आमा ! तिमीलाई कर्णको मनले सम्झिरहेछु
चिसो वर्तमानमा उभिएर
आँखामा सजिएका विस्मृतिहरूमा तिम्रो वासल्यको ममतालाई सम्झिरहेछु
पीडादायी वर्तमानलाई एकलव्यको दृढतामा उभिएर
मनमा सजिएका विस्मृतिहरूमा तिम्रो न्यानो मायाको हौसला सम्झिरहेछु
आमा ! तिमी आदरका साथ मनभित्र सजिएकी छौ
आमा ! तिमी श्रद्धाका साथ आस्थाभित्र सजिएकी छौ ।

यो विस्मृतिको काला रातहरूलाई पन्छाएर
आमा ! तिमीलाई मेरै मनले सम्झिरहेछु
घात र प्रतिघातको जालझेलको सत्तामा उभिएर
आँखामा तिम्रो सन्तानप्रतिको निस्वार्थ प्रेमभाव सम्झिरहेछु
अभाव, समस्या र अशान्तिको थुप्रोमा उभिएर
मनमा तिम्रो सन्तानप्रतिको निस्वार्थ वात्सल्य सम्झिरहेछु
आमा ! तिमी आदरका साथ मनभित्र सजिएकी छौ
आमा ! तिमी श्रद्धाका साथ आस्थाभित्र सजिएकी छौ ।

हो आमा !
आँखामा सजिएका विस्मृतिहरूमा
तिम्रो उज्यालो अनुहार सम्झिरहेछु
तिम्रो न्यानो हातको स्पर्श सम्झिरहेछु
माईखोलाको चितामा बिदा भएकी तिमी
दुर्गा, काली, लक्ष्मी र सरस्वतीमा तिम्रो रूप देखिरहेछु
चिसो हावामा तिमीलाई सम्झिरहेछु
मीठो निद्रामा तिमीलाई सम्झिरहेछु
मेरो स्वास–स्वासमा तिमीलाई सम्झिरहेछु
मेरा आँखाहरूबाट निस्किएका आँसुमा तिमीलाई सम्झिरहेछु ।