भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आलिङ्गन / गोपाल सिँह नेपाली / कुमार घिसिङ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:40, 5 अगस्त 2020 का अवतरण (Sirjanbindu ने आलिङ्गन / गोपाल सिँह नेपाली पृष्ठ आलिङ्गन / गोपाल सिँह नेपाली / कुमार घिसिङ पर स्थानांत...)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

(२६)
तरुहरूको छायाँमा लुकी – चोरी खेल्दै अब सन्ध्या आउँदथिइ।
उफ्री – उफ्री मृदु कल – कल गर्दै नदी बगिरहन्थिइ।।
‘पल्लववन’का मंजुल शोभाले सबको मनकन खिंच्दथे।
जुन विरागमा पनि उमंग आई – आई उसकाउँथे।।

(२७)
यत्तिकै बेला आयो बादल, सत्वर नील गगनमा।
मच्चियो कम्पन पात – पातमा, शीतल मन्द पवनमा।।
चरी भागी पंख खोली, आफ्नो पर्ण सदनमा।
थोपा तप – तप खस्न थाले वनमा, कुंज सघनमा।।

(२८)
कोकिल एउटा कतैबाट वनमा उड्दै आयो।
एउटा डालमा बसी त्यहीं केही क्षण सुस्तायो।।
यता नीड़को पनि कोकिल केही जर्मरायो।
चुच्चो खोली धीमा लयमा मधुर कड़ी यो गायो।।

(२९)
आएको छ मदु – बेला चरी, चुच्चो ता खोलिदेऊ।
कहिलेदेखिको हाम्रो प्राण आतुर, मधुर बोली ता देऊ।।
यस मधु – ऋतुमा तरुको भित्र कता लुकेछ चरी।
आएर यस कानमा प्यारा, सुधा घोली ता देऊ परी।।

(३०)
बन्द भए जब गीत सुरीला, दृग जल भरी आयो।
टाढा भए थकान तुरन्त नै ताजा भए सानु काया।।
ती को हुन् जसले यति मीठो गीत गायो।
नाची उफ्र्यो मानसमा यसको मनोमोहिनी माया।।

(३१)
जुन मनबाट निकले यी गीत, मन कस्तो होला।
जुन तनमा हाँस्तछ यो मन, त्यो तन कस्तो होला।।
जुन वनमा रहन्छ यो तन, त्यो वन कस्तो होला।
जुन घनबाट झर्दछन् बूँदहरू, त्यो घन कस्तो होला।।

(३२)
यस विचारले जाग्यो हृदयमा लुकिरहेको अभिलाषा।
गरूँ, के गरूँ, भनूँ, के भनूँ, सोच्न लागे भाषा।।
अवसर पाई नयाँ ज्योति लिइ आए झट आशा।
सन्ध्याको झिलमिल ताराजस्तै, हाँसी अरुण उषा।।

(३३)
भनी – ‘भन ता कसरी गाऊँ, कुन लयमा गाऊँ नि।
कसरी मनको सबै कुरा मुखमा ल्याउनु नि।।
छ रित्तो गाग्री मानसको मेरो तनमा।
कहाँ पाउँ सुधा कसरी जुन तिमीलाई मन पर्छ नि।।

(३४)
बन्द भयो बाँसुरी वृक्षमा छायो नीरवता जस्तै।
आँखा दुवैका चार भए, नेह नीरका प्यासा जस्तै।।
नानी उठे लोचनमा माया लाज, ममता जस्तै।
देखे दुवैले केही अलिकता चित्रहरूमा समता जस्तै।।

(३५)
बोले चरी मौन भंग गरी लजाई – लजाई।
यस नीरव सन्ध्यामा ए पिक! भन कहाँबाट आउने।।
के गर्छौ, उडी – उडी तिमी कता – कता घुमिरहने।
छ, निवास फेरि कता तिम्रो, कुन देशतिर जाने।।

(३६)
बोले पिक – म ‘वनराजा’ हुँ, बस्दछु कुसुमको वनमा।
हुँ स्वामी त्यस वनको म नै, एकाकी जीवनमा।।
गएथें, आज घुम्न म, रसालका वनमा।
फर्किरहेथें उडेर आफ्नो त्यस उपवनमा।।

(३७)
तर पथमा नै कालो घनले आई मलाई घेऱ्यो।
भिज्न थाल्यो पानीले यो सानु तन मेरो।।
आउँदा – आउँदा रात भयो, छायो पूर्ण अँध्यारो।
आज जान पाउंदिनँ घरमा, लिन्छु यहाँ बसेरो।।

(३८)
यसै समयमा खसे पखेटामा छिटाहरू माथिबाट।
ठूलो शब्द गरी गर्जन भए चम्के बिजुली नभबाट।।
डराए पिक, कराए पिक, एक – पटक अन्तरबाट।
बोले चरी…किन हो यसै समय, बसें कहाँबाट।।

(३९)
बोले पिक – चरी भन ता के यो ‘पल्लववन’ हो?
के तिमी नै हौ ‘वनरानी’, किन एकाकी जीवन हो?
सुनेको थिएँ मैले अघि, यस्तो व्रत – पालन छ।
व्रत – पालनको कारण बुझ्ने यस्तो मन छ।।

(४०)
भनी रानीले ‘म नै हुँ वनरानी’, यो ‘पल्लववन’ हो।
एक एक पल्लव यस वनको, रम्य प्रकृतिको धन हो।।
पाइनँ त्यो वस्तु अझसम्म मनले चाहेको।
यसैले नै अभागिनीको एकाकी जीवन हो।।

(४१)
“खोज्यो तिमीले पात – पातमा, तर त्यो वस्तु पाएनौ।
तरै पनि उडेर ए रानी, तिमी कुसुम वनमा आएनौ।।
त्यहाँ आई खोज्दी हौ ता देख्थ्यौ पनि।
किन्तु चरी, मनमा तिमीले यस्तो कुरा सोचेनौ।।

(४२)
“किन आउनु, जब यहाँ नै नीडमा आई दर्शन दिन्छन् तिनले।
किन जानु, जब घरमा नै आएर स्वयं मेरो थाहा लिन्छन् तिनले।।
किन भन्नु, जब स्वयंले मेरो नाउ कियाउँछन् तिनले।
के गर्नु, जब यसै गरी मलाई धन्य गराउँछन् तिनले।।”

(४३)
“भएँ धन्य म, धन्य नीड यो, धन्य – धन्य” जीवन छ।
को जान्दथे पल्लवभित्र लुकिरहेको सुमन छ।।
भयो पूर्ण एकाकीपन अब, भाग्यवान यौवन छ।
यस धनको तल केको बनी आज नाच्न मन छ।।

(४४)
यति भनी तिनी उठिन्, नीड़बाट रची – रची नीड़ सजाइन्।
गरी चुम्बन आफ्ना प्रियतमलाई आफ्नो घर लिई आइन्।।
भनिन् – “तिमी मेरो मन परेको, मलाई तिमीले मन परायौ?
भने पिकले – “हे प्रिये, हाम्रो मधु – ऋतु हास्तै आयो।।”

(४५)
“हेर त त्यहाँ प्रिये, गगनमा फाटिरहेको घन छ।
वनभित्रबाट नव शशिको हाँस्तै आइरहेको मन छ।।
कति सुन्दर लाग्छ, त्यो चाँदीको यौवन छ।
भनी रानीले – ” के त्योभन्दा कम तिम्रो मन छ।।”