Last modified on 2 जुलाई 2017, at 22:56

आशा / उमेश लुइटेल

यो सिरेटोको सिठ्ठी छ
र जागा छु रातभर ।

टुकीको धूमिल प्रकाशमा
मेरो छाया निरन्तर डल्लिरहेछ ।

चिसो रात ओढेर
जाडोसँग गरिएका साक्षात्कारहरु
सायद मेरो शरीरभन्दा बलवान् छन् ।

यो चिसो परिवेशमा चिसै बगेर
काँपेर बाँच्ने पातमा अनूदित हुँदै
घामको आशामा तुसारो खपेर
जागा छु म रातभर ।