भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ई सलाईका काँटीहरू / प्रकाश सायमी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:22, 16 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=प्रकाश सायमी |अनुवादक= |संग्रह= }} {{...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

बट्टामा थुनिएर
अँध्यारोमा लुकेर
लामबद्ध भएर
सलाम पर्खेर
कैद यातना सहेर बसेका
एउटै वेशमा
एउटै देशमा
एउटै मुद्रामा
एउटै मुद्दामा
सैन्यशक्ति जस्तै तथस्थ भएर बसेका
ई सलाई काँटीहरू
काठका हुन्
तर बिजुलीका पाठ हुन्
निर्जीव छन्
तर ज्योत र जाग्रत छन्
 ननिभे पनि कथा छ
निभे पनि व्यथा छ
ई सलाईका काँटीहरू
 धागो जस्तै उनिएर
आगो बोकेर बसेका
वीर क्रान्तिकारीजस्तै
हाडहरूको रूप लिएर
पहाड तोड्ने क्रममा
तैनाथ सशस्त्र सैनिकजस्तै
क्षेप्यास्त्र हो कि
अर्थशास्त्र हो कि
भ्रम बोकेर बसेका छन्
ई सलाईका काँटीहरू
जलेपछि
कोही इतिहासमा बन्छन्
कोही उपहास बन्छन्