भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

उच्छर्गा / ओकिउयामा ग्वाइन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


उच्छर्गा<ref>उत् उपसर्ग, सृज+अ=सर्ग. सन्धि-उत्+सर्ग=उच्छर्ग; आपत्स अर्थमा ष्णिक् प्रत्यय “आ“—उच्छर्गा । अर्थ उत्सर्गीकृता । </ref>

हुँदंन स्मरण त्यो दिन
कता पो थिएँ चौधै भुवनका कुन भुवन
कुन लोकालय, कसको भवन ।

विनिद्रा<ref>विनिद्रा,- वि उपसर्ग ‘वि‘ पूर्वक निद्रा, विगत भएछ निद्रा जसबाट सो विनिद्र, स्त्री लिङ्गमा विनिद्रा ; स्त्री लिङ्ग- विनिद्रा, विशेषण । </ref> रजनी-कारण
हठात् नीद गयो टुटी
अनुभावातीत<ref>अनुभावातीत-अनुभाव=प्रभाव, महिमा, सुखानुभूति; अनुभावातीत=सुखानुभूतिले पनि नभ्याउने जुन बोध सो अनुभावातीत ।</ref> थाहा नपाएको एक
कोमल स्पर्शको भावनामा ;

ब्यूँझी हेरें तन्द्राच्छन्न आँखा खोली
मेरो नै तन्द्रा-तट
उभिएकी थिई

स्मित-हास्य हाँसी-हाँसी
विमला रुपसी एउटी यौवनागता
त्त्रिभङ्ग भङ्गिमा सह !
निभेष मात्र थिई मूर्तिमती
मानो चल-छवि

त्यसपछि, ऊ हिंडिहाली
भई अब लुप्ता मेरो जीवन सवि<ref>सवि-ह्रस्वाकार “सविता“ प्रसवकारी, जनचिता ; सर्ग ईश्वर; यहाँ “जीवनसवि” विमला रुपसी, मूर्तिमती चल, छविका बदलीमा व्यवह्त हुनाले स्त्री लिङ्ग-मेरी जीवनसवि ।</ref>
भावना-अन्तराल ।

त्यो दिन सदयः प्रभात
उत्री आएको थियो
नीलाभ आकाश
मेरो निकट

चिन्न सकेर उसैको महिमा
मेरो-जीवन-सैकत,
अहँ,
अपरुपा
रुप पाइछौ
-जानिनँ कुन
रुप अज्ञात
नामकरण गर्न साहस पुग्दैन
अभि१ कसैको विशिष्६ ज्ञान ।

त्यसै कारणले, हे अनामिका !
तिम्रै रुपमा
मुग्ध भएर
शुद्ध भएँ

तिमीले, भावना मेरो
छोएको गरिमाले;
चढाउन मेरो प्राणको वेदन
आएको छु अहिले

विश्व सामूहिकताको
सौन्दर्यवेदीतल
सहर्ष चित्तले ।

शब्दार्थ
<references/>