Last modified on 3 अगस्त 2020, at 22:01

उदयलहरी श्लोक २१ - ३० / ज्ञानदिल दास

उँधो गयो मती उँभो कसैले देखतैन॥
गर्ने भन्ने पुरुषलाई कसैले छेक्‌दैन॥
काम क्रोध लोभमा सबै चित्त लाउने॥
परम्पद को गम कोहि नपाउने ॥२१॥

परम्पद भनेको अगम अपार॥
कथन भनौला सुस्मनाको सार॥
छोटा बडा जतिछन् तिर्थमात्र धाउँछन्॥
घरै बसी जोगिजन तिने लोक पाउँछन्॥२२॥

तिन लोक उपर सिद्ध तलाउ जाँहाँ॥
मनमैलो धोइ सुद्ध गर्नु ताँहाँ॥
कलचुडो मन सेतो केले नाँहीँ॥
पलकमा षेल्छ स्वर्ग मर्त्ये माँही ॥२३॥

थिरछैन मनमा फलकमा पुग्छ॥
काम क्रोध लोभमा फर्काइकन हुन्छ॥
काम क्रोध लोभ भक्तिजन्‌का बैरी॥
मनरूपी मृगका भक्ति फिर्‌यो ऐरी॥४॥

शब्दको गोली रंजक चढाऊ॥
सिलका बानले तम गुन लडाऊ॥
काम कोष लोभमा तिनै बिर जान॥
धुकचुक नगरी सिधा गरि दाँन॥२५॥

हदयाका बिचमा परम्पद षेल्छ॥
तोडि नसक्नु मायाको झेल्छ॥
परम्पद भनेको पाउनु छ काहाँ॥
षोसनु नहुने बुझ जाँहाँ ताँहाँ॥२६॥

नरमा सत्ते थियो परम्पदको बीज॥
विषले पेट भरे मान्दैनन् चीज।
परम्पद्‌को बीज भभक्तिजनले लीया॥
काम क्रोध लोभ हरन् गरि दीया ॥२७॥

जल थल अनल प्रमुजीको पेवा॥
अष्टैप्रहर भक्तिजन्‌को दण्डवत सेवा॥
भक्तिजन भन्याका बड़ा मुनिजन॥
सेवा गर्न दिँदैन चंचल मना॥२८॥

तिनैलोक पुज्जेमान भक्तिजन थीया॥
नरको धर्मलुटी झोलि थापि लीया॥
नरलाई भक्तिजन बड़ो बेथा भयो।
हरि हरि भन्दै परम्घाम गयो ॥२९॥

परम पदास्य उपदेश पाया॥
निते दिन आत्मामा सुरथ लगाया॥
आत्मा अगोचर आगमले षेल्छ॥
गम गरू भने तम गुन्‍ले ठेल्छ॥३०॥