Last modified on 4 अगस्त 2020, at 11:05

उदयलहरी श्लोक ४१ - ५० / ज्ञानदिल दास

सुर नर मुनि सब यसै गरि सूझ॥
होकि होइन तैपनि गमगार बूझ॥
यो बुझि मुनि हो कोहि मुनि भूले॥
ब्रह्मनानि जतिको सय नजर षूले॥४१॥


विप्र भिषारी दुषितलाई दान॥
परंपदको राहा यसै गरि जान॥
नरमा नारायण छ थलामा जल्‌छ॥
पापको अग्नी संसारमा बल्छ॥४२॥
 
ज्ञानी जति जो जो छन् परै मात्र धाउँछन्॥
हृदयका राम याँहाँ काँहाँ पाउछन्॥
जिम्मा बसे सरस्वती सिष बसे हरी।।
तेत्तिस कोटी देवता नष सिष भरी ॥४३॥

ब्रह्मालाई उतपती विष्णुलाई रच्छे॥
सिवलाई दिया सदा सर्व भच्छे॥
हुकुम्भयो धनिको जगतमा आई॥
रजाई चलाया माया अधिलाई ॥४४॥
 
धन्ये हुन माता जगदम्बि माई॥
सनातन गरछिन् छोटा बडालाई॥
जोछौ भाग्गेमानी भक्ति सरन् परे॥
विस्कुन उन्टिन्छ घर धन्दा गरे ॥४५॥

अइले छ कि भरे छ भोलि छ मर्नु॥
कच्चा माटीको छाला क्यान छ तर्नु॥
पाउनु छ दुर्लभ मनुसेको चोला॥
यो जन्म वित्या पछि फिरि कसोहोला॥४६॥

पलकमा जन्मन्छ पालकमा मार्छ॥
थोडा दिन जीव पनी अहंकार गर्छ॥
अहंकार गरने मनुषेको बानी॥
कलीजुग भन्छ धर्म गर्छु हानी॥४७॥

सत्ते त्रिता द्वापर कलीयुग लाग्यो॥
दया धर्म जति सबै पर पर भाग्यो॥
दया छैन मनमा धर्म छ काँहाँ॥
कल्याहा र क्रोधी कलिजुग माँहाँ ॥४८॥

कलीमा कलले व्याप्त गर्ने छ॥
सत्तेवादी जतिको छाला तरने छ॥
बुढाछोडि बाला चाँडै मर्ने छन्॥
धनीको धन पनि सबै हरने छन्॥४९॥

बाबु छोरा कल गरी अकालै मरन्याछन्॥
सासुको जगटा बुवारी छर्न्याछन्॥
दाजु बैनी दिदी भाई साधी गर्न्याछन्॥
ब्रम्हाको वेद सुध्र पर न्याछन्॥५०॥