Last modified on 19 जुलाई 2017, at 14:33

उपहार / केदारमान व्यथित


सत्य सत्य,
झूठ बोलेका होइनौं,
पत्यार लाग्दैन भने
यहाँका होटेलहरुसँग सोधे हुन्छ,
आतिथ्य-सत्कारमा
विश्वमै नाम कमाएका हामीहरुले
पर्यटक पाहुनाहरुको रात
प्रत्येक दिन सुखमय होओस् भन्ने उद्देश्यले
उपहार पठाउने गरेका छौं
गन्ध-मादक यौवन भएका
चार वर्ण छत्तीसै जानका
साझा फूलवारीका ताजा फूल ।