भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

उपायको खोजीमा / विप्लव प्रतीक

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


निरुपाय
सूर्यझैँ, जसको अरू उपाय छैन
मानिसका लागि बिहान बिउँझ्दिनु र सुतिदिनु रातमा
बिलकुल सूर्यजस्तै म पनि बिउँझ्दै, सुत्दै
उदाउँदै, अस्ताउँदै
एउटा नियममा बाँधिएको छु
अनि उद्देश्य ढाँटेर बाँच्नु
साह्रै कष्टदायक छ मलाई ।
त्यसैले विरोध बोलिरहेछु, नयाँको खोजीमा ।

केही अवश्यै हराएको छ
चोट निरन्तर परिरहेछ
घाउ हराएको छ सायद
आर्तनादलाई मेरो
कहिले समाजले, कहिले जुलुसले
कहिले सामयिक घटनाले
विवेचना गर्न नसकेर
अल्मल्याइदिएको छ ।

यस्तो अवस्थामा जो कोही पनि
निरुपाय छट्पटिन सक्छ, कहालिन सक्छ
तर, मथ्न पनि सक्छ
आफ्नो शेष ऊर्जालाई मस्तिष्कभरि ।
आज त्यही सम्झ्ेर
म मथिरहेछु मस्तिष्क
यातना बिर्सेर, पीडा बिर्सेर
टुङ्गोको तस्बिर हातमा च्यापेर
एउटा परिवर्तित मार्ग रोजेर
अनुहारभरि इन्द्रेनीबुनेर, उनेर, पोतेर ।