भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

उपासना / दीपकेश्वर शर्मा लोहनी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:21, 3 जनवरी 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= दीपकेश्वर शर्मा लोहनी |अनुवादक= |...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

प्रणाम कदर्प ! म छू अधीन
        भयें म अजीत र हीन हीन ।
लिएर तिम्रै अवलाइ मर्जी
        चढाउँछू हे उनिलाई अर्जी ।।१।।

जगविजेता मदमत्त काम
        चढी कुनै त्यो रथमा हराम
ममाथि व्यर्थै पनि पुण्यवृष्टि
        गरेर बढदो छ दिंदो छ दृष्टि ।।२।।

अरुहरुलाइ भने जगत् छ
        मलाइ तिम्रो शरणै फगत् छ ।
दयानदीमा दिललाइ धोऊ
        प्रिये ! तिमी आज सहाय होऊ ।।३।।

प्रिये ! उतै आँत नपाइ प्रीति
        जताउनूहुन्छ कि ? यो कुरिति ।
गरुँ म के पो मदनाग्निबीच
        गुम्यो ! गरें होम समस्त धोव ।।४।।

धनू भऊँ नेत्र कटाक्ष तीर
        म छू निशाना खपनू छ पीर ।
तिमी जनाना हथियार-खाना
        दिंदो छ मीनध्वज दुःख नाना ।।५।।

तिमी नयाँ यौवनका बजार-
        महाँ कलीली कलि छौ तयार ।
नयाँ नयाँ रुप विकास वास
        तिमीमहाँ फेर्दछ रोज सास ।।६।।

युवाहरुका छ शिकार रोज
        प्रशस्त छौ शस्त्र तिमीसरो छ ।
ज्वलन्त छन् सुन्दरि मीनकेतु
        कुमारि ! छौ मन्मथ-मोद हेतु ।।७।।

घनाघना यौवनको विकास
        मिहीन त्यो सुन्दरि ! केश पाश
युवाहरुका रसिला सुदृष्टि
        सदैव अल्झ्याउनमा छ सृष्टि ।।८।।

तरङ्ग झैं केश छ नीच नीच
        सिंधूरको रेख छ बीच बीच ।
विहानकी रुपवती नदी छौ
        तिमी अहो सुन्दरि ! हदकी छौ ।।९।।

वरीपरीको अलकै छ घेरा
        फिराइ सौन्दर्य हजार फेरा ।
विजूलि झैं लोचनको छ नाच
        दिंदो नयाँ थेटरलाइ आँच ।।१०।।

उडाउने सिम्रिकविन्दु लाल
        प्रभात झैं स्वच्छ विशाल भाल ।
अतीव सौभाग्यवती तिमीमा
        जताउने देख्दछु रुप सीमा ।।११।।

सधैं तिमी भाग्यवती बनौली ।
         मिठा मिठा वात सधैं सुनौली ।
सुभालमा देख्दछु विन्दु यस्तो
विरन्चिको मोहर लाल जस्तो ।।१२।।

सुभाल सौन्दर्य-प्रभाप्रवाह
        सकिन्छ नाशापथसम्म थाह ।
चली सुगन्धीयुत श्वासधारा
        लमाइ नाशापथ दिन्छ वारा ।।१३।।

अनेक रत्नादिक शोभमान
        उधारियेका डिवियासमान ।
लुटोसन को नेत्र सरोज काहाँ
        दुई भऊँ छन तरवार जाहाँ ।।१४।।

नलागियेका अझसम्म चोट
        कुमारि ! तिम्रा सुकुमार ओठ ।
नफेरिने रङ्ग त शाल शाल
        प्रबाल झैं छन् पतला र लाल ।।१५।।

मुखारविन्दै रसले छ आला
        सरस्वतीको जुन नृत्यशाला ।
तमाशविन् वत्तिसदन्त पंक्ती
        खडा छ जाहाँ नभयेर कस्तो ।।१६।।

जलेवि जस्ता रसले भरेका
        सुवर्णश्रृङ्गार सदा गरेका ।
कटाक्षका मत्र सलाहकार
        खुलेस् दुई कानमहाँ जुहार ।।१७।।

अहो प्रिये ! त्यो सुकुमार लोती
        खुलेर जाहाँ चहकन्छ मोती ।
अहा ! उ लेला अझ साँझ थीयो
        समस्त मेरो मन मोलि लीयो ।।१८।।

तिमी रङीली भरखरकि बाला
        गुलाफ जस्ता रङदार गाला ।
इरानि अंगूर अनार स्याऊ
        समाउनेलाइ तिमी लुटाऊ ।।१९।।

मुहार देखीकन कान्तिसिन्धु
        म इन्दु हुन् जान्दछु व्योम-विन्दु ।
जुहारको हार छ माथमाथी
        रतीरती होउ रतीकि साथी ।।२०।।

गला सुरीलो उपमा छ शङ्ख
        म भन्नु हो ठान्दछु त्यो कलङ्क ।
शशाङ्क जस्तो-मुख त्यो भये त
        कलङ्क स्वीकार छ ठीक के त ! ।।२१।।

नयाँ बरामीटर तुल्य गोल
        जवानि जाँच्ने फल ती अमोल ।
निचोरियेका ननिचोरियेका
        कडा खडा छन् भमरी परेका ।।२२।।

मृणाल जस्ता तर पुष्ट वाहु
        अनङ्गका आखिरको रखाउ
प्रिये अवश्यै हथियार जाने
        विमाख पारीकन धैर्य खाने ।।२३।।

प्रफुल्ल राजीवसमान हाथ
        मिहीन लाली चहकन्छ साथ
अनङ्गका हुन् शर पाँच ‌औली
        मलाइ थाहा छ सबै भनौली ।।२४।।

कटी छटी लो छरितो छ सानु
        लुटी मुठीले पनि लिन्छ मानु
मलाइ सौन्दर्य कुलोसमान
        कटीमहाँ पर्दछ प्यारि भान ।।२५।।

प्रशान्त सौन्दर्य कुलो बहेर
        नितम्वमा गै रह झैं जमेर
विभिन्न पन्था लिइ जाँघदेखि
        शनैः शनैः सुन्दरि ! त्यो झर्यो। की ?।।२६।।

सलक्क खाशा मसिना पिंडौंला
        म देख्दछू सुन्दरि ! छन सुनौला ।
गंभीर सौन्दर्य समुद्रदेखी
        मनोरमा नूतन छौ बनेकी ।।२७।।

शिरीष झैं कौमल छन् प्रवाल
        समान पाऊ दुई लाल लाल ।
जडाउ जस्ता नङले खुलेका
        सरोजरक्तच्छद हुन् फुलेका ।।२८।।

निहारदा सुन्दर अङ्गअङ्ग
        अनङ्ग होला कति दङ्गदङ्ग ।
जवानिको देख्दछ झन् उमङ्ग
        अवश्य छाड्ला रतिदेखि तङ्ग ।।२९।।

प्रमत्त भै लोचन दिन्छ ताल
        मदालसा छौ छ विशुद्ध चाल ।
भुतुक्क मर्ली रिसले मराली
        चले प्रिये ! चाल तिमी समाली ।।३०।।

हुँदैन तारीफ झुटा घनेरो
        प्रिये ! वृथा छैन बयान मेरो ।
सुपुष्पको गन्ध सुगन्ध भन्छन्
        स्वभावले उज्वल रत्न बन्छन् ।।३१।।

प्रसून झैं कोमल हुन्छ छाती
        कदापि हुन्नन् रमणी नजाती ।
भने बनेँ आज बडो अधीर
        नुहाउँछू सुन्दरि ! उच्च शीर ।।३२।।

सुपुष्प झै कोमल चित्तबीच
        हुँदैन है निर्दयता नि नीच ।
जवानिको त्यो चडदो प्रभात-
        महाँ म देख्दीन कदापि रात ।।३३।।



(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)