भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एउटा गजल / सविता गौतम दाहाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


                    
हरकोही चाहान्छ एउटा उज्यालो
संझनामा लेखिएको एउटा गजल
जहां कसैले मनवाटै सजाएको
वगैंचा होस
भित्ता कुदेंर वनाएको
अद्धितिय जलमहल होस
छेवैमा हावा दोहोरी खेल्ःने
शीतल राजस्थानी हावामहल होस
यस्तै यस्तै कल्पना सजिएको
एउटा सुुमधर गजल
हरकोही चाहन्छ ।

मनवाट निस्कदै निस्कीएनन भाव
कसरी उतारनु रु ओर्लदै नओर्लिएपछि
जहांको तही
आसिन छ एउटा नामी कलम
फूलको कोमलता छुदैन
सुगन्धले प्रफुलित हुदैन
संभवत आदिम उदासी ढाकिएको अस्तित्व पहाड,
आधुनिक कालीदाससंग
एउटा अलौकिक गजल
हरकोही चाहान्छ ।

कुनै दिन नित्य प्रयाश
हिउढिक्का विस्तारै पगाल्न सक्षम होला
विश्वासको अखण्ड दियालो
वलिरहेको छ भित्र कतै
रोपेका वेर्नाहरुमा चिचिला देखेर
रोमान्चीत छ करेसावारी
हेरौला वरफ पग्लिएर नदी वन्छ
यो वगर ,सुन्दर नगर वन्छ ।
विश्वस्त र दृढ हरकोही चाहान्छ
आफ्नो नामको सुमधुर एउटा गजल ।

नदीको कलकलसंगै अक्षर वहन्छ
हरियाली, नीलो गगन र काफीया मिसिन्छ
फूल ,लतीका र रदिफ गुन्जन्छ
यिनै आनन्द आभाष घुलेको
एउटा सुमधुर गालीव गजल
हरकोही चाहान्छ ।