भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एउटा लामो कविता जस्तो जिन्दगी / राजेश्वर रेग्मी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


एउटा लामो कविता जस्तो जिन्दगी
लाग्छ कुनै रमिता जस्तो जिन्दगी

एकलास, निर्जन एकान्तमा छु
हरिएकी ‘सीता’ जस्तो जिन्दगी

त्यो ओठको हाँसो तिमीसँग लिन्न
जलिरहेको चिता जस्तो जिन्दगी

सधैं–सधैं दुखी रहन्छ छाती
पुत्रवियोगको पिता जस्तो जिन्दगी