Last modified on 5 मई 2017, at 11:36

एक जोर आँखा मुर्दाको पाखामा / रत्न शमशेर थापा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:36, 5 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रत्न शमशेर थापा |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

सूर्य
रिस र ग्लानिले रातो हुन्छ
आँखा जुधाउँदै हारेर
किनकि यो जिउँदाको होइन
मुर्दाको आँखा हो।

रात
सराप्दासराप्दै पहेँलिन्छ
एकोहोरो बोलिरहँदा थाकेर
किनकि यो जिउँदाको होइन
मुर्दाको भाका हो।
तान्त्रिक
वाल्ल पर्छ टोलाएर
तन्त्रमन्त्र खुबी हराएर
किनकि यो जिउँदाको होइन
मुर्दाको पाखा हो।

यस ठाउँमा वास बस्नेको
आत्मा पनि दास बन्छ,
डेरा जमाउनुअघि नै सोच

किनकि यो जिउँदाको होइन
मुर्दाको शाखा हो।