भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एलेन गिंसबर्ग / परिचय

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

एलेन गिसन्बर्ग - परिचय

नेपाली भाषामा

एलेन गिन्सबर्गको जन्म ३ जुन सन्‌ १९२६ मा संयुक्त राज्य अमेरिकाको न्यूजर्सीमा एक यहुदी परिवारमा भएको थियो ।उनको पूरा नाम इर्विन एलेन गिन्सबर्ग थियो।गिन्सबर्गका पिता लुइस गिन्सबर्ग कवि थिए र एउटा हाइस्कूलमा पढाउँदथे।

किशोरावस्थामा गिन्सबर्ग न्यूयोर्क टाइम्स पत्रिकामा दोस्रो विश्वयुद्ध, मजदुर अधिकार जस्ता विषयहरूमा पत्रहरू पठाउन थाले।

सन् १९४३ मा गिन्सबर्गले हाइस्कूलको पढाइ सकेपछि मोन्टक्लेयर स्टेट कलेज धाउन थालेको केही दिनमै कोलोम्बिया विश्वविद्यालयमा पढ्ने छात्रवृत्ति पाएर कोलोम्बिया गए।

सन्‌ १९५० को दशकमा गिन्सबर्ग बीट जेनेरेसनको महत्वपूर्ण सदस्यको रूपमा स्थापित भए।बिट जेनेरेसन त्यस बखतको पुरुष तथा महिलाहरूको त्यस्तो समूह थियो, जसले कविता, गीत, यौन, मदिरा र वर्जित गरिएका लागूऔषधहरूका पक्षमा व्यक्तिगत स्वतन्त्रताका लागि विभिन्न आन्दोलनहरू गरिहिँड्थ्यो । गिन्सबर्गकी आमा नाओमी लिभरग्यान्ट गिन्सबर्गलाई एउटा नौलो किसिमको मानसिक रोग थियो जसको कहिल्यै निदान हुन सकेन।आफ्नी आमाले मानसिक रोगका कारण गर्ने गरेका व्यवहारहरूको गिन्सबर्गका कविताहरूमा गहिरो प्रभाव रहेको समीक्षकहरू बताउँदछन्‌।

सन्‌ १९५४ मा सान फ्रान्सिस्कोमा भेट भएका पिटर ओर्लोभ्स्कीसँग गिन्सबर्ग मोहित भए र उनीहरू आपसमा आजीवन समलिङ्गी सम्बन्धमा रहे।

गिन्सबर्गको पुस्तक 'द फल अब्‌ अमेरिका' (अमेरिकाको अवसान)ले सन्‌ १९७४ को नेसनल बुक एवार्ड प्राप्त गर्‍यो भने उनको अर्को एउटा पुस्तकले पुलिट्जर पुरस्कार प्राप्त गर्‍यो।

हेपाटाइटिस बिग्रिएर भएको कलेजोको क्यान्सरबाट ५ अप्रिल सन्‌ १९९७ मा गिन्सबर्गको न्यूयोर्क सिटीमा निधन भयो ।