Last modified on 16 जुलाई 2017, at 09:14

ए, निर्दोष प्यारा साथीहरू हो ! / राजेश्वर रेग्मी


ए, निर्दोष प्यारा साथीहरु हो !
सङ्कलित पीडाका छातीहरु हो !

आँगनमा आई तर्साउने तिमीलाई,
नडराऊ जङ्गली हात्तीहरु हो !

उज्यालो हुन्छ बत्ती बलेको देख्ता
नपरे भूलमा मध्यरातीहरु हो

अर्काको चोटमा रमाउनु हुन्न
खुशी मनाउने विश्वासघातीहरु हो

चाहेर जसले पाउन सकेन
तल छैन प्राप्ति झन् माथिहरु हो