Last modified on 30 जुलाई 2018, at 16:18

ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न / अम्बर गुरुङ

केटी
ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न
केटा
त्यो तारा मात्र हैन जून पनि झारिदिउँला

केटी
गलगोरु बाँधेर छिटै भेट्न आऊ न
बाटोमा रात पर्ला उज्यालोमै आऊ न
केटा
अँधेरो के हो र मायाप्रीति अघि
पर्खिदेऊ म आउँछु अँध्यारोलाई तोडी

केटी
लौ हिंडी जाऊ त्यहाँ बादल छिनी ल्याउन
बादललाई गाँसेर आँचल बनाइदेऊ न
केटा
लौ हुन्छ बादलको आँचल बनाइदिउँला
छेउछेउमा सुनको जलप लगाइदिउँला