Last modified on 10 फ़रवरी 2022, at 11:12

ए दूरका सितारा / किरण खरेल

ए दूरका सितारा मेरो चाँदनी कहाँ छ

आँधिमा परेको यो दीप हुँ दियोको
सम्झेर यो पृथ्वी जो छैन मिलन झर्को
ए दीप हो अध्याँरा भन रोशनी कहाँ छ
मेरो चाँदनी कहाँ छ

लाली सबै गएको त्यो फूल हुँ फूलेको
पर्खेर त्यो वसन्त जो छैन लौ झरेको
ए फूल हो टुहुरा भन मालिनी कहाँ छ
मेरो चाँदनी कहाँ छ