भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ऐना हेर्दै / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


आफैँलाई हेरीहेरी बसेँ पीर मानी
तेरो बैंस बित्यो भन्छ ऐना बेइमानी !

सजिएर कहाँ हिँडू किन शृङ्गार गरूँ ?
कसको बाटो पर्खिएर पीरको पहाड चढूँ ?
कहाँ पोखूँ बह मेरो गरूँ कुराकानी
त्यहीँ छुन्छन् मान्छे मलाई मर्म जानीजानी !

अझै हाँस्ने धोको थियो खेल्दै लुकामारी
बैरी भयो सारा संसार मलाई एक्लै पारी
किन भेट भयो बरै भयो चिनाजानी
मनभरि आगो यस्तो आँखा पग्ली पानी !