Last modified on 16 जुलाई 2017, at 08:25

कटु वचन भन्दा मुटुमा / राजेश्वर रेग्मी


कटु वचन भन्दा मुटुमा सङ्गीत प्यारो लाग्छ
बिती गएका केही पुराना दिन प्यारो लाग्छ

सपनाहरु पनि सबै छरिएका छन् जहीँ, तहीँ
मैसँगका विपना यी रङ्गीन प्यारो लाग्छ

जिन्दगीबाट साँच्चै ! कति टाढा भागेंछु– म
उभ्भिएर सोच्दा यसो, एकछिन प्यारो लाग्छ

उन्मुक्त हाँसेको देखिनँ, न रोएको देखें मैले
निर्दोष मुहार उनको मलिन प्यारो लाग्छ

गुमाएको बेलिबिस्तार के लगाऊँ तिमीसँग
बचाएरै राखेको लाज, घीन प्यारो लाग्छ