Last modified on 18 मई 2017, at 20:08

कति माया लाग्छ / बुद्धवीर लामा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:08, 18 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=बुद्धवीर लामा |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

कति माया लाग्छ रे मै ढुंग्रेमुन्द्रीको
आमाले माया गरी किनिदिएको
पूर्खाको पेवा पैसा गनिदिएको

निधारमा टिका नाकमा फुली सिरैमा सिरबन्दी
गलामा लाउँछु कम्पनी माला भएर पियारी
बाबाले माया गरी किनिदिएको
पसिनाको कमाइ पोखिदिएको

हातमा चुरा गोडामा कल्ली नाकैमा बुलाकी
तनैमा लाउँछु चेप्टे सुन हजुर शिरैमा शिरफूल
दाजुले माया गरी किनिदिएको
पसिनाको कमाइ पोखिदिएको

शब्द: वुद्धवीर लामा
स्वर: कुन्ती मोक्तान
संगीत: शीलाबहादुर मोक्तान
एल्बम: चोली राम्रो