भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कर्कलाको पानी / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


नसम्झनू जितेँ भनी मैले आफैँ हारिदिएँ
कर्कलाको पानीलाई मोती ठान्न छाडिदिएँ

जीत पनि हार कहिले हार पनि जीत कहिले
हारजस्तो जीत रोजी तिमीलाई बिर्से मैले
नसम्झनू बाटो कुर्छ मैले माया मारिदिएँ
कर्कलाको पानीलाई मोती ठान्न छाडिदिएँ

हिँड्दाहिँड्दै भेट भयो हिँड्दाहिँड्दै साथ छुट्यो
एकदिन त फुट्नै थियो मनको शिशा आजै फुट्यो
नसम्झनु बाटो एउटै मैले पाइला मोडिदिएँ
कर्कलाको पानीलाई मोती ठान्न छाडिदिएँ