Last modified on 26 मई 2017, at 12:24

कर्मजीवी बनौ / विष्णु न्यौपाने

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:24, 26 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= विष्णु न्यौपाने |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

फुलेर फूलले सधैं सुवास छर्छ सुस्तरी
शरीरका कुना कुना सुगन्ध भर्छ कस्तुरी ।
जलेर आफु नै स्वयम् प्रकाश छर्छ दीपले
भरेर कर्मका घडा बँचाइ राख्छ सीपले ।।
(१)
कला छ हातमा भने गला छ साथमा भने
खुलेर बाँच्न सक्तछ उद्धेश्य मूर्त छन् भने ।
मरेर जान्न सूर्यको प्रकाश सुस्त हुन्न है
सधैं छ पूर्ण जिन्दगी अभाव भित्र रुन्न है ।।
(२)
सुनिन्छ कर्मशील छन् जहाँ महान मानव
बनेर चन्द्रमा सरी प्रकाश छर्दछन् सब ।
मरेर जान्न सिर्जना अवश्य फुल्छ सिर्जिए
सुगन्ध छर्छ जिन्दगी पवित्र कर्म भित्रिए ।।
(३)
छरौं सुगन्ध ज्ञानको समानता हरेकको
जगाइ दीप शान्तिको फिँजाउँ कीर्ति देशकोे ।
उखेल्नु पर्छ दासता, विलाप, तुच्छ वन्दना
गरेर काम हातले जगाइ राष्ट्र भावना ।।
(४)