Last modified on 28 जुलाई 2020, at 10:31

कवि / सुदीप पाख्रिन



यूद्ध गर्छ — यूद्ध विरुद्ध
र, विपनाहरुलाई दाउमा राख्दैं
सपनाहरुको खोजिमा — निरन्तर निरन्तर
जिन्दगीको जुवा खेल्छ


यूद्ध गर्छ — अशान्तिको विरुद्ध
र, गाउँछ
शान्तिका धूनहरु
ऊँ मणि पद्ये हुँ !
ऊँ मणि पद्ये हुँँ !!


यूद्ध गर्छ — कोलाहलको विरुद्ध
र, जन्माउँछ
कलिलो सूर्यलाई
छर्छ — सेता उज्याला गीतहरु


यूद्ध गर्छ — योद्धाहरुको विरुद्ध
र, फुक्छ
बिगुल — बुद्धको आगमनको


र उसका सपनाहरु

र उसका अनुभूतिहरु
कुनै कोणबाट फरक देखिन्न
त्यसैले होला
आजभोलि

सबैबाट फरक देखिन्छ ।।