Last modified on 3 मई 2020, at 16:46

कहाँ खोजूँ / नोर्देन रुम्बा

कहाँ खोजूँ कहाँ साईराम
कहाँ गयौ मेरो राम !
जगतरूपी केही क्षणको पारी
सुखदुःखको एक रात काटी जानु छ भोलि अन्तै कता
के हुन्छ यो धन, के छ र नाम
कहाँ गयौ मेरो नाम !
 
अग्निकुण्ड यो रागद्वेषको
जीवन सपना एक निमेषको
खरानी हुन्छ फेरि खरानी
के हुन्छ सलाम, के छ इनाम
कहाँ छ मेरो नाम !