Last modified on 4 अगस्त 2016, at 07:24

कहिले काहीँ मनका कुरा / गोपाल योञ्जन



कहिलेकाहीँ मनका कुरा हामीलाई पनि भन
ढुङ्गामुढा होइन होला हाम्रो पनि मन
दर्पण छाया, हेरी हेरी नानी गयो जोवन

कति चोटी ढाँटिसक्यो दर्पणले तिमीलाई
अँझ किन सोध्यौ नानी आफ्नो रूप उनलाई
हामीलाई पनि सोधी हेर
के छौ तिमी हाम्रो लागि
दर्पण छाया हेरी हेरी नानी गयो जोवन

संसारले तिमीलाई हेर्योर तिमीले संसार हेर
धेरैधेरै पाउनेछौ तिमीले त्यति खेर
व्यर्थै फाल्यौ जोवन किन
घरको चारै भित्ता कुरी
दर्पण छायाँ हेरी हेरी नानी गयो जोवन