भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

काँगडाको कथा सम्झ / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


काँगडाको कथा सम्झ ए ! वीरका सन्तानहरू
देशका लागि जीवन दिने सयौँ वलिदानहरू

देशभक्त नेपालीले बनाएको बाटो हो यो
सहिदको रगतले भिजाएको माटो हो यो
हामी भन्छौ गुराँस हो लालुपाते फुलेको हो
अमर तिनै योद्धाको रगतको रातो हो यो

छङ्छङ बग्ने खोलाजस्तो जोश मनमा हुन्छ जसको
शिर ठाडो शिखरजस्तो गति हुन्छ बतासको
सच्चा सन्तान उही हो आमा ! उही नै हो सच्चा सन्तान
जसले माया बोकी हिँड्छ मुटुभित्र स्वदेशको !