भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कायम आफ्नो पहिचान राख्नु / ज्ञानुवाकर पौडेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कायम आफ्नो पहिचान राख्नु !
जारी तिम्रो अडान राख्नु !

सानालाई गर्नु धेरै माया
ठूलाको संधै मान राख्नु !

जित्नु छ यदि हृदय कसैको
चोखो संधै मुस्कान राख्नु !

के भरोसा मान्छेको ? अनुहारको ?
साथमा ऐना बडेमान राख्नु !

अनिकालमा जोगाउनु बीऊ
हूलमूलमा सुरक्षित ज्यान राख्नु !

कात्रोमा गोजी हुंदैन हेर
बिक्रीमा किन ईमान राख्नु !

मन्दिर होस् गाँउ बाहिर
शहर भित्र चिहान राख्नु !