Last modified on 23 जुलाई 2017, at 11:16

कुन डालीमा बसूँ भन ? / दिनेश अधिकारी


कुन डालीमा बसूँ भन ? कहाँ फुलूँ भन ?
जताततै बसूँ भन्छ— ऋतुजस्तो मन

नहेरेझैँ मुहारमा हेरिरहूँ जस्तो
अल्झिएर केशभरि खेलिरहूँ जस्तो
अधरमा बसिदिऊँ कि ? भित्रै पसूँ भन
जताततै पुगूँ भन्छ भेलजस्तो मन

रङ्गभित्र इन्द्रेणीको छोपिरहूँ जस्तो
बतास भै छेउछाउ घुमिरहूँ जस्तो
नजरमा बसिरहूँ कि ? कहाँ बसूँ भन ?
जताततै पुगूँ भन्छ घाम जस्तो मन