भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कुर्दाकुर्दै / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

छाया बस्ने पीपलुको भुइँमा पात झ¥यो
आज पनि दोबाटोमा कुर्दाकुर्दै रात प¥यो

खालीखाली घुम्तीहरू बाटो रित्तैरित्तै
आफ्नो कथा सुनाइरहेँ चौपारीको ढुङ्गासितै
किन यस्तो जिन्दगीले मैमाथि घात ग¥यो
आज पनि दोबाटोमा कुर्दाकुर्दै रात प¥यो

बग्ने पानी बगी गयो किनार उदासियो
देउरालीको बताससँगै मन मेरो बतासियो
सिङ्गो खुसी पर्खी बसेँ तर आँसु हात प¥यो
आज पनि दोबाटोमा कुर्दाकुर्दै रात प¥यो