Last modified on 16 जुलाई 2017, at 09:18

के गर्नु, भत्किएको छ घर / राजेश्वर रेग्मी


के गर्नु, भत्किएको छ घर के गर्नु !
के गर्नु मक्किएको छ रहर के गर्नु !

आजभोलि निरन्तर म पिइरहेछु,
सबैबाट अपमानको जहर के गर्नु !

उजाडिएको मनलाई के नै अर्थ भो र
निश्चल आँखा, रसिला अधर के गर्नु

जति नै शून्यता चाहिएको भए पनि
बिताउन गाह्रो रातको मध्य प्रहर के गर्नु

भो, मलाई छोड, म तिमीलाई छोड्छु
उभ्भिनलाई बैसाखीको भर के गर्नु