Last modified on 29 जून 2017, at 21:32

के भुल भयो प्रिया / कृष्णहरि बराल


के भुल भयो प्रिया मसँग बोल्दिनौ
उज्यालो घाम पर्दा रात मुख खोल्दिनौ

अध्यारो देख्छु मुहार तिम्रो बादल छाए झै
सुस्केरा सुन्छु चैतमा आँधी बेहेरी आए झैँ
एकान्त रोज्छौ मनमा कतै तुवाँलो छायो कि
बसन्त नआई जीवनमा वर्षाद आयो कि
के भुल भयो प्रिया मसँग बोल्दिनौ

सुन्य छ मेरो संसार तिम्रो उज्यालो नपाउँदा
अन्धकार छाउछ जसरी राति जून नआउदा
रुवाई मेरो संसारलाई तिमी अरुलाई नरोज
मायाको कुरा नफक्री झर्छ टाढिन नखोज
के भुल भयो प्रिया मसँग बोल्दिनौ

शब्द – कृष्ण हरि बराल
स्वर – नरेन्द्र प्यासी
संगीत – मदन दिपविम
एल्बम – कि त तिमी मन पर्छ्यौ