Last modified on 12 मई 2017, at 09:58

क्रमशः / देवान किराती


बाँच्नु क्रमशः
मान्छे बाँचिरहेछन् तर जीवन..........
            बाँचिरहेको छैन
अभिनयको क्रमशः छ बाँच्नु मान्छे
जीवन बाँच्नुको केन्द्रमा नै तर अचल छ ।

बेसरम
आजकल
       बीच–सडक नङग्याउन मन लाग्छ आफैँलाई
       र दङग्याउन मन लाग्छ मान्छेहरूलाई
आखिर
     अभिनय यहाँ बाँच्छ मान्छे
     ढोँग बाँच्छ
     भ्रम ! भ्रम ! भ्रम !
     मात्रै नाङ्गो अभिनय !

मात्रै सपना हेरेर रमाउने मुस्काउनेहरूले
के बुझ्नसक्छ पलपल जीवनको ?
कि म
अभिनय ! घोर अभिनय बाँचिरहेछु

मान्छे मात्रै स्वरूप बाँचिरहेछ । तर जीवन.....
              बाँचिरहेको छैन
अभिनयपछिबाट
सिङ्गै जीवन रहन्छ बाँकी जिउन
जीवनको यथार्थ बाँच्नु....
बाँकी क्रमश.........।