भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

क्रेडिट क्रन्च / पुरुषोत्तम सुवेदी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 07:57, 11 जनवरी 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= पुरुषोत्तम सुवेदी |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

लिलाममा राखिएको
झण्डा कुल्चदै
मार्चपास गर्‍यो
याङ्कि सैनिक टुकडीले
पञ्जशेर उपत्यकामा
र ढोका बन्द गरे
बुर्कामा छोपिएका महिलाले
तर मिसवर्ल्ड, मिसयुनिभर्स
ब्युटिपिजेन्टका शृङ्खला
र हलिउडका नयाँ सिनेमा
बन्द ढोका भित्रबाट
इडियट बक्समा छिरेका छन्,
केन्टकी फ्राइड चिकेन
र पिज्जा हट
जसका घर पुगेका छैनन्
तिनले पनि बुझेका छन्
आधुनिकताको उत्तररूप
र पूरैस्वादले सुँघेका छन्
ब्राजिलियन कुखुराको बास्ना ।
अर्थशास्त्रको नयाँबजार सौन्दर्यशास्त्र
अङ्क र सङ्केतका मिहिन सूत्रमा उनिएर
कार्ल मार्क्सको सत्तोसराप गर्दै
घरघर पुगेको छ,
बिचरा जोन किन्स
असान्दर्भिक हुन नचाहेर
खेल्छन् बजारतन्त्रसँग
र मानव हृदयमा टुसाएका
वरपीपलका हाँगाहरू
व्याख्या र जार्गनहरूमा अलमलिन्छन्,
लेबर मार्केट एनालिस्ट
मेरी छोरी
ल्यापटपमा डाउनलोड गर्छे
बाराक ओबामाको
अर्थतन्त्र उदार रणनीति
लेहमेन प्रदर्शनको रेस्क्यु
युबिएफको टाट उल्टाई
लेबरमार्केट इन्टरभेनसन
डिग द वेल एन्ड फिल द वेल,
र लेअफको कम्पेन्सेसन चेक बोकेर
एउटा किशोर अमेरिकन
र्फकन्छ आफ्नो घर
गर्लफ्रेन्ड छोडेर
बाबुआमासँगै बस्ने गरी,
टेलिभिजनको टक सोमा
मीनबहादुर गुरुङ सुकसुकाउँछन्
सम्झेर आफ्ना सङ्घर्षका दिन,
स्टक एक्सचेन्जमा वर्गीकृत छैन
उनकोस्वप्न बगैँचा
तर बढिरहेछ चुपचाप
तरक्कीको ग्राफ,
गिरिजातन्त्र र प्रचण्डपथ
जबज रस्मल इज व्युटिफुल
दौडिरहेछन् म्याराथुन,
हेर्दैछन् ध्यानपूर्वक
युवराज खतिवडा
राष्ट्रको रिग्रेसन एनालिसिस
र कोर्दैछन् चुपचाप
नयाँ नेपालको
अन्तरिम योजनाकोस्वप्न चित्र,
संविधान घोषणा हुन
१३२ दिन बाँकी छँदा
कृष्ण भट्टचन, अग्नि खरेल
लोकेन्द्र विष्ट र निलाम्बर आचार्य
मासंगल्लीको भट्टीमा
छलफल गर्दैछन्
संविधानको प्रस्तावनामा राख्न
नागरिक समाजको सुझाव
आत्मनिर्णयको अधिकार
सन्दाहात्मक विभेद
धर्म निरपेक्षता
प्राकृतिक स्रोत साधनको नियन्त्रण फर्मुला
प्रेसस्वतन्त्रता
र समावेशी राज्यको प्रारूप,
तर समावेश हँुदैछ रातारात
हत्या, अपहरण र लुटको आईपीओ
नेप्सेको नयाँ वर्गीकरणमा
र नयाँ नेपालको गुरुयोजना
बन्दैछ प्रत्येक दिन झन् नयाँ
नेपाल बन्दको भव्य सफलतामा ?
सत्र हजार चार सय सत्ताइसौँ नम्बरको सहिद
र छ सय दुई नम्बरको
राष्ट्रिय विभूतिको फोटो अङ्कित
हुलाक टिकटमा
प्रकाशनको प्रथम टाँचा लगाउँदैछन्
शङ्कर पोखरेल,
विद्यादेवी भण्डारीको
सैनिक बर्दीको तस्बिर
र प्रचण्डको महिषवन्दनाको महागाथा
भर्खरै विमोचन भएको छ,
तिर्खाएको छ अत्यन्त गहिरोसँग
केयूकेएलको पानीवाहक टेङ्कर
काकाकुल काठमाडौँ
मेलम्ची बाँध परियोजना
र लक्षहीन समय,
करिन लेङ्ग्रेनले चढ्ने
ल्याटेस्ट मोडेलको ल्याम्बर्गिनी कार
काठमाडौँका सडकमा गुड्न नसकेर
भाइचाको ग्यारेजमा थन्किएको छ,
बेतोड गुडिरहेछ
नन्दकिशोर पुन पासाङको
क्रान्तिकारी रातो पजेरो भने,
मिस्त्री वान कि मुन
मनमोहन ग्यारेजसँग मिसिएर
कार मर्मत
र अमूर्त संविधान लेख्ने अमूर्त सल्लाह
उपहार दिन आँउदैछन्,
बैङ्क, फाइनान्स कम्पनी, सहकारी
र बिमा कम्पनीको सङ्ख्या
ज्यामितीय गतिमा बढेको
तरस्टक मार्केट
बियरिस टे्रन्डमा झुकेको देखेर
कथ्न थालेका छन् माधव घिमिरेले
शार्दूल, विक्रीडित छन्दमा
मालतीमङ्गले
र अश्वत्थामाको गणतान्त्रिक दोस्रो भाग,
भान्सामा पाक्दैछ
रायोको साग
कोदोको ढिँडो
बोइलर कुखुराको मासु
र बाघ बकरी चायको नयाँ सुगन्ध,
सडकमा गुडेका सवारी
आलिसान बङ्गलाहरू
र च्याउझैं उम्रिएका
हाउजिङ कोलिनीको मूल्य
कान्छो गणतन्त्रको
लोकतान्त्रिक संविधानभन्दा
चर्कोदरले बढ्दैछ,
हुर्किरहेछन्
एड्भोकेसी, नागरिक समाज
भट्टी पसल, बलात्कार
जन्तीय मुक्तिमोर्चा,
अपहरण, हत्या
र सम्पत्ति कब्जाका नयाँ समाचारहरू,
प्लटिङ भइरहेको छ बाँझो जमिनमा
दिमागमा
र सामाजिक संरचनामा पनि,
ब्लु डाइमन्ड सोसाइटीको प्रयोजनमा
गुरुकुल मञ्चन गर्दैछ
सुनील पोखरेलको नयाँ नाटकको
उत्तरआधुनिक सौन्दर्य चिन्ता,
मित्रहरू ! म अलमलिएको छु
र मेरो कविता पनि
अलमलिएको छ अहिले
छरिएको छ अहिले
मजस्तै, मेरो समयजस्तै,
सडकमा खाते बालकले तानिरहेको
डीडीसीको पाउचबाट
आइरहेछ डेन्ड्राइटको कडा गन्ध
र तिलस्मी सन्तुष्टि,
म पढ्दैछु कारोबार अखवारको आजको अङ्क ।