Last modified on 5 मार्च 2017, at 16:11

खण्डहरमा परिणत घर / ज्ञानुवाकर पौडेल

खण्डहरमा परिणत घर भएछ
हताहत यहाँ धेरैको रहर भएछ

द्रौपदी लुटिँदा बीच बजारमै
अन्धो कृष्णजीको नजर भएछ

जनताले चुनेको जनताकै राजमा
जनताकै आवाज बे-असर भएछ

गाउँलेका लागि किन हो कुन्नि
टाढा धेरै टाढा यो शहर भएछ