भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

खौल परेको देश दाम्ला परेका नेता / पुरुषोत्तम सुवेदी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

थिए तिनका कुनै घडी सिखा टुपिका - जुल्पी लर्काउने भए ।
थियो सोझो जमाना शान्त पटलमा - नेता भनाउदा भए ।।

थान्कोट देखी सुरुहुने भुमि जनतालाई - बुझाई नेपालको थियो ।
शोझा जनता देउतासरी थिए त्यसबखतमा - सास्ती राणाले दियो ।।

गाउमा रगरग मुखिया जिम्मुवालको - जिल्लामा काजीसाप ठालु ।
बिना सित्तै तिरोभरो उठाइखान्थे तिनले -फलाउथे तालुमा आलु ।।

मुद्धा अधिक हुन्थे अड्डा अदालतमा - गाउमा फटाहाको हुल ।
बन्थ्यो तमसुक ५० लाई सुन्य थपेर - ५०० मा औठाछाप कबुल ।।

स्कूल पढ्थे भनाउदा ठुला ठालुले - थिएन गरिवको भलो ।
पाएनन जनताले कुनै राज्य सुबिधा -बरु पाउथ्यो कुकुरले कलो ।।

बाइसे चौबिसे राज्य सबै ढलिगए - मासिय राजारजौटा पनि ।
चौबिसै राज्य आउदैछन नानाथरिका-भांडतन्त्रलाई गणतन्त्र भनी ।।

झगडा हो यो ओडार सामन्तिको -कही कतै नभेटिदाको पल ।
बडा बाद नौलो ल्याउने जनहरुले - गर्दैछन जनतालाई छल ।।

जन्मायो भारतले कुकुर बिराला नेपलमा -अहित नेपलकै हुने गरी ।
बने दुत पराइहितमा दलाल भरौटेहरु-रुवाउदैछन नेपाली धरधरी ।।

धोकै धोका ७ -१७-३६ छयालीसमा -जनतानिरास बनिगए ।
कोही थरी आए बोकेर छडि जादुको -देश जग नै कम्प बनाए ।।

देखे न यिनले सभ्यता कही कतै - न सिके राज्यको बागडोर ।
पारे खाडलमा सिंगो देश नेपाललाई-परिसके यी पनि जनखोर ।।

सहजै घर चलाऊन नजान्ने जनबिच- पुग्यो राज्यको लगाम ।
प्रकृतिले दियको सौन्दर्य सगुन पनी - भयन यिनलाई हजम ।।

फाटो पारे बिभिन्न थरबिच जाति हुन - अग्रपङ्तिमा देखिदा भए ।
समाली सक्नु साध्य भयन अहिले-घांटीमा बल्झेको हाडसरी भए ।।

न रह्यो बांस सुन्दर नेपालको - न बज्यो खै सुरिलो बांसुरी ।
भेट्न सके जतिका बेचेसबै यिनले-हात्ती गैंडादेखी सबै कस्तुरी ।।

कंगाल बनिसक्यो आज विश्व बिच - संस्कृतिको धनी देश नेपाल ।
नास्तिकहरु बिर्सें धर्म संस्कार पनि -हिड्छन बोल्दै जय नेपाल ।।