भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गहिराइमा डुब्दै नडुब / नीर शाह

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

गहिराइमा डुब्दै नडुब
डुबिसकेको छौ भने मोती नटिपी नफर्क

पन्छिएर हैन गहिरिएर जाऊ
जीवनलाई बुझ्ने रहर छ भने
कि त लुकेर बस मृत्यु कुरेर
समस्याहरुसँग डर छ भने

आउँछन् धेरै उकालो ओरालो
एकनास पाइला चाल्दै जाऊ
लक्ष्यमा पुग्न सजिलो हुँदैन
आतिएको मनलाई सम्हाल्दै जाऊ

शब्द - नीर शाह
स्वर - प्रकाश श्रेष्ठ