Last modified on 5 मार्च 2017, at 16:12

गिरेको ऊ आफ्नै नजरमा रहेछ / ज्ञानुवाकर पौडेल

गिरेको ऊ आफ्नै नजरमा रहेछ
बदनाम निकै यो सहरमा रहेछ

मेलजोलमा छैन रुचि पटक्कै
चाख धेरैलाई टक्करमा रहेछ

अगुर पनि कही अमिलो हुन्छ -
खोट फ्याउरोकै अधरमा रहेछ

सरस नभए'नि त्रि्रँे गजल
सुन्नलाई मजा बहरमा रहेछ

हरयिो पात बन्धक सधै“ रूखको
झरेको पात हेर सफरमा रहेछ

उज्यालोको छैन कही अत्तोपत्तँे
अ“ध्यारो भने घर घरमा रहेछ

छैन योगदान यहा“ जसको केही
नाम किन उसैको खबरमा रहेछ

के हुन्थ्यो सहज स्वैच्छिक मरण
मिसावट अचेल जहरमा रहेछ ।