भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ग्रीष्मव्यथा / ओकिउयामा ग्वाइन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


आज मध्याह्न
खर-रौद्र तापले
आम्रमञ्जरी
सुकि ता हाले
जुन फूल फुलेकमा थिए प्रभात
फूल वितान
ती पनि, ओइलिएर निहुरिरहे,

आकार-प्रान्तर<ref>प्रान्तर-पाथार, फाँट</ref> वन वनान्तरमा
मात्र, रौद्र-प्रताप
धरणीका अञ्चलमाथि छरिएर रहन्छ खालि
मूर्छाहतको निरर्थक प्रलाप ;
यी जून जीवनको जरामा
यन्त्रणा उपक्रम
खोज्ने कहाँ कसको हातमा
रैछ यसको व्यथा उपशम !

तर, जान्दछु,-
आउँदी छ विभा निःशब्द चरणपात
धरणीतल
रौद्र विहीनता
नीर-द पछाडि अश्रु-नीर-सिक्ता
थिई यी जो बसेर
फूलका व्यथाका गंभीर सन्तापमा
व्यथा-निरामय लिएर ।

शब्दार्थ
<references/>