Last modified on 3 जुलाई 2021, at 08:02

घर / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:02, 3 जुलाई 2021 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सुमन पोखरेल |अनुवादक= |संग्रह= }} {{KKCat...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

सृष्टिभरिको निस्सारतामा दौडिरहेको शहरको शून्यतालाई बोकेर
जब म आफ्नो घरभित्र पस्छु
त्यस घरभित्र थुप्रै घरहरूले मलाई पर्खिरहेका हुन्छन्‌ ।

चराहरूलाई पछ्याउँदै मैले सिक्न खोजेको सृष्टिको वाणी
ऐना र अनुहारहरूमा मैले भेट्न खोजेका दृष्य र रङ्गहरू
भीडमा हराएर मैले खोजिरहेको हृदयको सङ्गीत
मनका पत्रपत्रले खोजिरहेको प्रेमको स्पर्श
र आफू हुनुको प्रमाण बोकेका जीवनका सुवासहरू
मेरो बाटो हेरिरहेका हुन्छन्‌ ।

दुनियाँले उधारेर सिध्याएको आफूलाई लिएर
जब म आफ्नो घरभित्र पस्छु
विलुप्त हुनै लागेको जीवनलाई आकार दिन
घरभित्र थुप्रै घरहरूले मलाई पर्खिरहेका हुन्छन्‌ ।