Last modified on 6 जुलाई 2020, at 11:01

घाँटी अँठ्याउने हात पनि छ / रवि प्राञ्जल

घाँटी अँठ्याउने हात पनि छ ।
मुटु जलाउने बात पनि छ ।

बताससँग गरेर सन्धि
भर्खर झरेको पात पनि छ ।

ढोका उघारी क्षितिजपारि
घाम पर्खेको रात पनि छ ।

बन्द ढोकाका संघारहरुमा
उदास रुन्चे प्रभात पनि छ ।

सौगात मात्र हैन मायाको
विश्वास गर्दा घात पनि छ ।