भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

चन्द्रमा आफैँ छँदैछ्यौ / भीमनिधि तिवारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

चन्द्रमा आफैँ छँदैछौ पर्छ पाउडर लाउनु ?
ओठ मानोँ रक्त खस्ला पर्छ लाली लाउनु ?

क्या छ सुन्दर, क्या मनोहर क्या रसीलो भाविलो
नक्कले तिर्छी नजरमा पर्छ गाजल लाउन ?

रूप जसको छैन उसले गर्दछे शृङ्गार उति
अप्सराजस्ती तिमी छौ पर्छ टीका लाउनु ?

हार हीरा मात गर्ने दाँत-पंक्ति देख्तछु
कानमा व्यर्थ झुलाई पर्छ यारिङ् लाउनु ?

देहकै पसिना छ तिम्रो खुश्बू चल्ने मगमगी
भित्री चोलीको कुनामा पर्छ, अत्तर लाउनु ?

घुम्दछन् भौँरा सदा आए र जसका मुखमा
फूलको रङ्गी-बिरङ्गी पर्छ गुच्छा लाउनु ?

..................................
बयासी र बीस गजल-बाट, १९६३